एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैः यस्ता छन् एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ ।

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा तय गरेको थियो ।

उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताए ।

  • १९ माघ २०७८, बुधबार १०:०४ प्रकाशित