फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।

पेट्रोलियम पदार्थको मुल्यमा फेरी बृद्धि भएको छ । नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ । पेट्रोलको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १४० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले यहाँ पनि मूल्य बढाएको निगमले जनाएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागु भएको छ ।

यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएर १०९५ डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

  • १९ माघ २०७८, बुधबार ०६:४७ प्रकाशित