९ जनाको मृत्‍यु , थपिए ५,५८३ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ९ संक्रमितले ज्यान गुमाएका छन् । भने थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

  • १८ माघ २०७८, मंगलवार १६:५६ प्रकाशित