जेठ ४ मा स्थानीय तहको चुनाव

केन्द्रभाग मिडिया

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ।

आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच समझदारी भएको छ ।

आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच आज भएको छलफलमा यस्तो समझदारी भएको बताइएको छ।
आयोगले जेठ ५ गते भित्रै निर्वाचन गर्न दबाब दिइरहेको थियो । यसैक्रममा निर्वाचन मितिबारे भएको छलफलमा देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ ।केहीबेरमा विज्ञप्ति निकाल्ने आयोगको तयारी छ ।आयोगले जेठ ५ बाट उता नजाने गरी स्थानीय तह निर्वाचनका लागि मिति घोषणा गर्न पटक पटक सरकारलाई आग्रह गरेको थियो।

आयोगको प्रस्ताव अनुसार नै सरकारले माघ पहिलो साता मिति घोषणा गरिसक्नुपर्ने थियो। तर सरकारले संविधानसँग स्थानीय निर्वाचन कानुन बाझिएको भन्दै पहिले संशोधन गर्नुपर्ने बताउँदै आएको छ।

  • १८ माघ २०७८, मंगलवार १६:४० प्रकाशित