दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

किसानले पाउने काँचो दूधको मूल्य बढेको छ । दुधको मूल्य नपाउँदा मारमा परेका किसानले अब दुधको मुल्यमा ६ रुपैयाँ ५२ पैसा वढि पाउनेछन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।उपभोक्ता मूल्य भने बढेको छैन ।

किसानले पाउने मूल्य बढे पनि उपभोक्ताले तिर्ने दूधको मूल्य भने वृद्धि भइनसकेको मन्त्रालयले जनाएको छ ।

  • १८ माघ २०७८, मंगलवार १५:३६ प्रकाशित