चितवन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम,जनताको सेवा धेरै गर्ने बताएका छन् ।
उनले शनिबार चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने बताए ।
करीव ४ मिनेटको भाषणमा उनले भने, ‘मैले यो पटक हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु ।’
यस प्रति तपाइको धारणा के छ ?