Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ पुस १६ ११:२६
लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
ShareTweetPin

काठमाडौं ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा आज (शनिबार) मेलमिलाप दिवस मनाइँदैछ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्केका थिए ।

भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्केका हुन् । देशको सार्वभौमसत्ता संरक्षणका लागि बीपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै आए।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवासस्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए । राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन  नेपाल फर्केका हुन् ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बीपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ ९आत्मजीवनी० र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए । बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिन्छन् । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।

आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बीपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ । प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

यस संग सम्बन्धित

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

कोशी सरकारबाट बाहिरियो जसपा

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सर्वाधिक पढिएका

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.