जनकपुरधाम ।
नवनिर्वाचित मधेश प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् ।
गत पुस ११ गते भएको सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको लागि तालिका तय भएको हो । आज १०६ जना प्रदेश सांसदले पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका हुन् ।
प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।
जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई हिजो प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।१०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।
यस प्रति तपाइको धारणा के छ ?