Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

केन्द्र खबर केन्द्र खबर
खेलकुद
२०७९ पुस १४ १७:५८
साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा
ShareTweetPin

भैरहवा ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै न्यु होराइजन कलेज फाइनल प्रवेश गरेको छ । न्यु होराइजनले शान्ति नमूना उच्च माविलाई एक सय रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । यस्तै, बिहीबारै भएको अन्तिम क्वाटरफाइनल खेलमा जेसिज उच्च माविलाई पराजित गर्दै साई ग्लोबल एकेडेमी ‘बी’ सेमफाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरको खेलमा ३ विकेटको नोक्सानीमा १ सय ५७ रनको योगफल बनायो । उसका लागि अमर मिश्राले ६७, प्रकाश गिरीले नटआउट ४८, संकेत भट्टराईले २२ र निश्चल ज्ञवालीले १० रनको योगदान दिए । बलिङमा शान्ति नमूनाका सागर भण्डारी र जय गोदारले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शान्ति नमूना १८ ओभर १ बलमा सबै विकेट गुमाएर ५७ रनमै समेटियो । उसका लागि कुनै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । निशान पाण्डेले सर्वाधिक ७ रन बनाए बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजनका निर्मल गुरुङले ४, अमर मिश्राले ३ तथा महेश भर र प्रकाश गिरीले १–१ विकेट लिए । होराइजनका अमर मिश्रा म्यान अफ द म्याच भई पुरस्कृत भए ।

अन्तिम क्वाटरफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले ७ ओभर ३ बलमा सबै विकेट गुमाएर ३३ रन बनायो । मौसमका कारण १० ओभरमा छोट्याइएको उक्त खेलमा उसका लागि निश्चल चौधरीले सर्वाधिक ९ रन बनाए । बलिङमा साई ग्लोबलका मिर्नाल गुरुङ र मोहम्मद हुसेनले समान ३–३ तथा अभिषेक कोहाँरले २ र जयप्रताप यादवले १ विकेट लिए ।

प्रतिउत्तरमा साई ग्लोबलले ३ ओभर २ बलमा १ विकेटको क्षतिमा ३४ रन बनाउँदै जित निकाल्यो र सेमिफाइनल यात्रा पक्का गर्यो । उसका लागि मिर्नाल गुरुङले २१ र इमरान खानले नटआउट १३ रन बनाए । बलिङमा जेसिजका निश्चल चौधरीले १ विकेट लिए । साई ग्लोबलका मिर्नाल गुरुङ म्यान अफ द म्याच भई पुरस्कृत भए ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक
मनोरञ्जन

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर
प्रमुख समाचार

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं
राजनीति

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित
समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

यस संग सम्बन्धित

सातौं पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता

सातौं पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता

सातौं पोखरा स्पोर्ट्स अवार्डको तयारी तिव्र

सातौं पोखरा स्पोर्ट्स अवार्डको तयारी तिव्र

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालमा हुने एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

एमबाप्पे बने फ्रान्सको नयाँ कप्तान

एमबाप्पे बने फ्रान्सको नयाँ कप्तान

सर्वाधिक पढिएका

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक
मनोरञ्जन

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर
प्रमुख समाचार

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं
राजनीति

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित
समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.