Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने क्षमता छ : डा. कार्की

केन्द्र खबर केन्द्र खबर
राजनीति, स्वास्थ्य-जीवनशैली
२०७९ पुस १४ १७:४०
तोसिमा कार्कीको उम्मेदवारी कायम
ShareTweetPin

काठमाडौं ।
दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा २ महिनाअघिसम्म शल्य चिकित्सकका रूपमा काम गरिरहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन्। गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर–३ बाट निर्वाचित भइन्।

पेशाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ। त्यसैका लागि उनको पार्टी सरकारमा सहभागी भएको उनको धारणा छ। सरकारले पूर्णता पाउने तयारीमा रहेका वेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राखेकी छन्।

उनले आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभ‚ गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने काम नै पहिलो रहेको बताउँछिन्। उनको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत रहेको छ।

आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान रहेका विकृति, विसङ्गति बुझेको र यो अवस्थाको अन्त्यका लागि देशको स्वास्थ्य क्षेत्रलाई केन्द्रविन्दुमा राखेर राजनीतिमा लागेको उनको भनाई छ। प्रस्तुत छ सांसद कार्कीसँग विशेषगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर गरेको कुराकानीको केही अंशः

संसद् बैठक यही पुस २५ गते बोलाइएको छ। आजकाल के गरिरहनुभएको छ कि बैठकको तयारीमा हुनुहुन्छ ?

अहिले म सामाजिक सञ्जालमार्फत जनताको गुनासो सुनिरहेको छु। फेसबुक, ट्विट, ह्वाटस एप, इमेललगायतका सामाजिक सञ्जालमार्फत मैले जनताका गुनासो लिइरहेको छु।

निर्वाचन क्षेत्रमा विभिन्न भेला, युवा महिला समूहले आफ्ना गुनासा सुनाइरहनुभएको छ। अहिले ती गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर म अध्ययन गरिरहेकी छु। आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी, बाटोको अवस्था कस्तो छ भनेर हेरिरहेकी छु। यस्तै प्रदेशसभा र दुईजना नगरप्रमुखसँग पनि विकास निर्माणबारे छलफल गरेकी छु।

एउटा चिकित्सक भएर नागरिकलाई सेवा दिइरहनुभएको थियो। एकाएक राजनीतिमा सक्रिय हुनुभयो‚ किन ?

म मेडिकल विद्यार्थी हुँदादेखि नै भ्रष्टाचार, पैसाको चलखेल, मेडिकल शिक्षा या समग्र शिक्षा क्षेत्रमा देखिएको लुटतन्त्र, मेडिकलमा भर्नामा देखिएको विकृति, मेरिट भर्नाको संख्या मिचेर अरूलाई भर्ना गर्नेजस्ता कुरा थाहा पाएकी थिएँ। त्यसविरुद्ध मैले त्यति वेलादेखि नै आफूलाई अलिअलि राजनीतिमा सक्रिय गराएकी थिएँ।

डा गोविन्द केसीले उठाएका समग्र स्वास्थ्यका सुधारमा मागलाई मैले पनि अभियान चलाएकी थिएँ। सेवामात्र गरेर हुँदैन कुनै पदमा पनि पुग्नु पर्छ भनेर म नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएँ। काउन्सिलको सदस्य हुँदा चिकित्सक कसरी काम गर्छन्, चिकित्सक नीति–नियम बनाउने काम गरेँ। त्यहाँबाट पनि मैले प्रेरणा पाएँ।

अर्को कुरा पैसा अभावमा उपचार गर्न नपाएर मर्नुपर्ने अवस्था, आकस्मिक स्वास्थ्य सेवाबाट बिरामीले उपचार गर्न नपाइरहेको मैले आफ्नै आँखाले देखेँ र मलाई कताकता नराम्रो लाग्यो। तर म त्यति वेला काउन्सिलमा रहेकी थिएँ। त्यहाँबाट समग्र स्वास्थ्य सेवा सुधार गर्ने अवस्था थिएन।

अनि अब मेडिकल काउन्सिलमा मात्र सीमित हुनु हुँदैन। गरिबी र पैसा अभावले उपचार गर्न नपाएका मानिसको सेवा गर्नुपर्छ भन्ने सोच आयो र त्यो सोच पूरा गर्न एउटा चिकित्सकका रुपमा मात्र काम गरेर सम्भव थिएन। नीति, निर्माण तहमा पुगेर मात्र स्वास्थ्य सुधार गर्न सकिन्छ भन्ने मलाई लाग्यो।

आफूले गरेका स्वास्थ्यका कामलाई जनताले पनि साथ दिएकाले र समयको आवश्यकता पनि बुझ्दै गएपछि अब राजनीतिबाट नै समाजलाई परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा सक्रिय भएकी हुँ। अरूले गर्न सकेनन् भनेर कति आलोचना मात्र गर्नेरु आफैँ स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्ने मलाई लाग्यो।

आफूमा स्वास्थ्य क्षेत्रको नेतृत्व गर्ने क्षमता देख्नुभएको छ र ?

हो, म एउटी चिकित्सक हुँ। म नेतृत्व गर्ने क्षमता भएकी, स्वास्थ्य समस्या बुझेकी र युवा नेतृत्वले नै मुलुकलाई अगाडि बढाउन सक्छन् भनेर प्रमाणित गर्न पनि म यस क्षेत्रमा लागेकी हुँ। म आफूलाई एक सक्षम नेतृत्वकर्ताका रूपमा पनि उभ्याउन चाहन्छु।

मुलुकको स्वास्थ्य क्षेत्रमा के–कस्ता विकृति देख्नुभएको छ ?

अरू क्षेत्रभन्दा बढी विकृति स्वास्थ्यमा रहेका छन्। कति बिरामीसँग पैसा नहुँदा अस्पतालबाट फिर्ता पठाउने गरेको हामी आफैँले भोगेका छौँ। हामीसँग सामान छ, चिकित्सक छन् तर बिरामीसँग पैसा नभएका कारणले उपचार गर्न पाएका छैनन्।

के पैसा नहुँदैमा मानिसलाई स्वास्थ्य उपचार गर्न नपाउने भन्ने छ ररु राज्यबाट योभन्दा ठूलो अन्याय के हुन सक्छ ररु संविधानमा स्वास्थ्य सेवा निःशुल्क भनेको छ तर जनताले कहिल्यै गुणस्तरीय स्वास्थ्य सेवा पाएका छैनन्।

निजी अस्पतालले आफूखुसी बिरामीबाट पैसा लिइरहेका छन्। तर यसको कुनै मापदण्ड छैन। कुन उपचारको कति दर भन्ने तोकिनु आवश्यक रहेको छ। निजी अस्पताल मात्र गुणस्तर हुँदै जाने महँगा र सरकारी अस्पतालको गुणस्तर खस्कँदो अवस्थामा जाने गरेको छ। यसलाई सुधार गर्नुपर्दछ।

उपचार गर्न घण्टौँ लाइनमा बस्नुपरेको छ। जनताले भनेको उपचार पाएका छैनन्। निःशुल्क औषधि उपलब्ध भएको छैन। बिरामीले भनेको समयमा आवश्यक रगत पाएको छैन। एम्बुलेन्स भनेको बेला पाइँदैन। स्वास्थ्यको कुनै पनि एकीकृत योजना रहेको छैन। यस्तै स्वास्थ्यका विकृति रहेका छन्।

देशमा अरू पुराना राजनीतिक पार्टीहरू पनि थिए, भर्खरै खुलेको पार्टीमा किन लाग्नुभयो   ?

हिजो पनि नेतृत्व र पार्टी थिए। तर तिनले गरेनन्। पुराना नेताबाट सम्भावना नदेखेपछि म नयाँ पार्टीमा प्रवेश गरेको हुँ। ती पार्टीमा प्रवेश गर्ने हो भने धेरै वर्ष झण्डा बोकेर हिँडेको हुनुपर्दछ।

ती पार्टीका नेताले भनेजस्तो गरिदिनुपर्ने हुन्छ। वर्षौँदेखि झण्डा बोकेका कतिपयले अहिले निर्वाचनमा टिकट पाएनन्। उनीहरूबाट मैले अपेक्षा गर्न सकिन। कुहिएको फलको कुनै अर्थ भएन। तर भर्खर बीजारोपण गरेको वृक्षमा आफैँ माली बनेर गोडमेल गर्न सकिन्छ भन्ने लागेर नयाँ पार्टीमा लागेँ।

संविधानमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क भनेको छ तर नागरिकले पाएका छैनन्। यस विषयलाई कसरी संसद्मा उठाउनुहुन्छरु

संविधानको धारा ३५ अनुसार कुनै पनि मानिस आधारभूत स्वास्थ्य शिक्षाबाट बञ्चित हुनु पर्दैन भनिएको छ तर यो सुनिश्चित भएको छैन। प्रत्येक नागरिकलाई अनिवार्य स्वास्थ्य बीमा प्रभावकारी ढङ्गले लागू गर्नुपर्दछ। यो आवाज उठाउने हो। स्वास्थ्यमा एकीकृत योजना ल्याउनुपर्दछ। बनेको नीतिको नियमन गर्नुपर्दछ।

स्वास्थ्य सेवा अस्पतालमा नागरिक घण्टौँ लाइन लाग्नुपर्दछरु यसको अन्त्य तपाईँ कसरी गर्नुहुन्छ ?

नेपालमा अहिले ठूला–ठूला अस्पताल औँलामा गन्न सकिने अवस्था रहेको छ। निजी अस्पतालमा आम नागरिकले खर्च धान्न सक्दैनन्। त्यसैले आधारभूत स्वास्थ्य सेवा वडा कार्यालयबाट नै उपलब्ध गराउनु पर्दछ। वडावडामा वडा क्लिनिक, जिल्ला अस्पतालमा सेवा थपेर त्यही नै विशेषज्ञ सेवा दिन सक्नुपर्दछ। त्यही नभएर मानिस उपचारका लागि घण्टौँ लाइन लाग्नुपरेको छ। त्यस्तै अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी थपिनु पर्दछ र औषधि निःशुल्क उपलब्ध गराउनुपर्दछ।

यहाँलाई आफ्नो पार्टीले मन्त्रीका रूपमा सरकारमा पठाए जानुहुन्छ ?

आम मानिसले तपाईँले स्वास्थ्य बुझ्नुभएको छ, तपाईँले नै स्वास्थ्य मन्त्रालयले चलाउनु पर्दछ भनेर भनिरहेका छन्। मलाई जनताले त्यही अनुमोदन गरेर संसद्‍मा पठाउनुभएको छ। मेरो स्वास्थ्यका नारा नै त्यही हो।

अर्को कुरा हिजोका दिनमा हामीले कोभिड–१९, डेंगुको संख्याको अवस्था देख्यौँ। हामीजस्तो व्यक्ति त्यस ठाउँमा भएको भए पक्कै पनि न्यूनीकरण गर्न सक्ने थियो जस्तो लाग्छ। अब बन्ने सरकारले स्वास्थ्य क्षेत्रमा के–के गर्नुपर्दछ भनेर खाका पनि तयार पार्न थालिसकेको छु।

कोभिड–१९ महामारी भारत र चीनमा फैलिने अवस्था एकदम तीव्र दरमा भइरहेको छ। चीनमा अनियन्त्रित भइसकेको छ। अब बिएफ–७ नामकको भेरियन्ट नेपालमा भित्रन नदिनका लागि हामीले योजना बनाउनुपर्दछ।

अर्को महामारी झेल्नका लागि देशले धान्न सक्दैन। अर्थतन्त्रलाई पनि नबिगार्न र बन्दाबन्दी ९लकडाउन०सम्म पुग्न नदिनका लागि पूर्व तयारी गरेर रोकथाम र नियन्त्रणका उपाय अपनाउनु पर्दछ। यो ढिलाइ गर्नु हुँदैन। यही हाम्रो पार्टीले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा मैले स्वास्थ्य मन्त्रालय लिने मैले सोचिरहेको छु। तर मेरो क्षमताअनुसार कुनै पनि मन्त्रालय चलाउन सक्दछु। पार्टीमा छलफल भइरहेको छ।

देशका अरू स्वास्थ्यमन्त्री र यहाँमा नेपाली नागरिकले के फरक पाउन सक्लान् त ?

म स्वास्थ्य क्षेत्रकै मानिस हुँ। नीति, निर्माण तहमा एकपटक काम गरिसकेको छु र चिकित्सक हुँदा चिकित्सा शिक्षाविरुद्धका बेथिति चलाएर सफल पनि भएको छु।

म र अरूमा फरक भनेको एउटा कुरा त म चिकित्सक हुँ। स्वास्थ्यमन्त्री एउटा चिकित्सक हुँदा उसले समग्र स्वास्थ्यका हरेक प्रणाली, तह बुझेको हुन्छ। हामीले स्वास्थ्यलाई मिहिन तरिकाले बुझ्न सक्दछौँ। हामी युवा छौँ। इमान बेच्दैनौँ। त्यही कारण फरक छौँ।

स्वास्थ्यमा १० प्रतिशत बजेट विश्व स्वास्थ्य संगठनले भनेको छ। तर नेपालमा पुगनपुग सातदेखि आठ प्रतिशतमात्र छुट्याउने गरिएको छ। तर त्यसमा पनि आधाभन्दा बढी फ्रिज भएर जान्छ। छुट्याइएको बजेटमात्र खर्च गर्ने हो भने मुलुकमा स्वास्थ्यमा धेरै फड्को मार्न सक्ने देखिन्छ। अबको पाँच वर्षमा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउँछु भन्ने एजेण्डालाई हामीले स्थापित गराउनु पर्दछ।

यहाँले मन्त्री नभई अर्थात् देशको एक नीति निर्माताका रूपमा मात्र रहेर स्वास्थ्यका यी समग्र समस्या समाधानमा कसरी भूमिका निर्वाह गर्नुहुन्छ ?

हिजो म सांसद नहुँदा पनि आम नागरिकको मुद्दा उठाएको छु। स्वास्थ्यका हरेक मुद्दा बोलेको छु। अब सांसद हुँदा स्वास्थ्य क्षेत्रमा नीति, नियमन गर्ने, नबनेका नीति निर्माण गर्ने, स्वास्थ्य बीमालाई कसरी प्रभावकारी बनाउने भन्ने नीति निर्माण तहमा काम गर्न सक्छु। मन्त्रालयलाई सुझाव दिन्छु र जनताका पक्षमा सेवा प्रदान गर्ने वातावरण निर्माणमा सहयोग गर्न सक्छु।

मुलुकको स्वास्थ्य क्षेत्र सुधार गर्न यहाँसँग के छन् योजना ?

सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रका विकृति हटाउने काममा म लाग्नेछु। स्वास्थ्य बीमा कसरी प्रभावकारी बनाउने भन्ने मैले खाका बनाइरहेको छु। अस्पताल सञ्चालन निर्देशिका हेरिरहेको छु। मापदण्डअनुसार हुनुपर्ने अस्पतालका पूर्वाधार रहेका छैनन्। दरबन्दी छैन। त्यसमा के गर्न सकिन्छ भन्ने अगाडि बढाएका छौँ।

सरकारी स्वास्थ्य संस्थाको स्वास्थ्य गुणस्तर हुनुपर्ने र निःशुल्क उपलब्ध गराउने पहल गरिने छ। निःशुल्क पाउने औषधि उपलब्ध गराउने, प्रदेशमा रहेका मेडिकल कलेजमा चिकित्सा शिक्षा सुरु गराउने र डा गोविन्द केसीसँग पनि निरन्तर स्वास्थ्यका सुधारका मुद्दाका बारेमा छलफल गरिरहेका छौँ। उहाँका मुद्दा सम्झौता गर्ने र कार्यन्वयन नगर्ने गरिएको छ। हामीले उहाँसँग गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्दछौँ।

तर मलाई नेपाली जनताले स्वास्थ् मन्त्रीको रूपमा देख्न चाहेका छन्। मसँग देशको जुनसुकै मन्त्रालय सम्हाल्न सक्ने क्षमता छ, तर मेरो क्षेत्र भने स्वास्थ्य नै हो। स्वास्थ्य मन्त्रालय हाम्रो पार्टीले पाउँछौँ भनेर स्वास्थ्यको विस्तृत अध्ययन गरेका पनि छौँ। यस क्षेत्रमा रहेका समस्या पहिल्याएका छौँ। समाधान के हो भनेर बुझेका छौँ। अबको पाँच वर्षमा जनताले चाहेको स्वास्थ्य सेवा हामीले दिन सक्छौँ।

मन्त्री भएपछिको तपाईँको पहिलो काम के हुन्छ ?

मेरो पहिलो काम कोभिड महामारीको जोमिखलाई नियन्त्रण गर्ने हो। चौथो लहर आउन नदिने र महामारी हुन नदिने तथा भए पनि रोकथाम गर्ने भूमिका रहन्छ। त्यसका लागि गृह मन्त्रालयसँग समन्वय गर्नुपर्दछ। सार्वजनिक ठाउँमा अनिवार्य मास्क लगाउने। मास्क नलगाउने मानिसलाई अनिवार्य जरिवाना गर्नुपर्दछ। स्यानिटाइरस्थलमा सरकारले नै व्यवस्था गरिदिन्छौँ।

मास्क र स्यानिटाइजरको हाहाकार हुन दिनेछैनौँ। अहिलेदेखि नै उत्पादक कम्पनीलाई मास्क र स्यानिटाइजर उत्पादन गर्न भन्छौँ। हिजो भएका अक्सिजन प्लान्ट कहाँ छ, तिनलाई सञ्चालन गर्नुपर्दछ। भेन्टिलेटर थन्किएका छन्, तिनलाई सञ्चालन गर्नुपर्दछ।

हिजो होटललाई क्वारेन्टिन बनाउन सकिएको थिएन। अहिले नै साना, मझौला र ठूला होटलसँग क्यारेन्टिनका लागि कुरा गर्नुपर्दछ। विद्यालयमा रहेका छात्राबास, सार्वजनिकस्थलमा क्यारेन्टिन बनाउन लागि तयारी गर्नुपर्दछ। भारतमा फैलिरहेको छ यसले विकाराल रूप लिनसक्ने अवस्था मैले बुझेको छु। फेरि पनि लकडाउन हुनसक्ने अवस्था आउन सक्दछ। चीनमा अनियन्त्रित हुँदै गएको पनि देखिएको छ। त्यसैले मन्त्रालयले कोभिड नियन्त्रण गर्नका लागि चाँडै नै आफ्नो तयारी गर्नुपर्दछ। त्यसका लागि मन्त्रालयले जनचेतना फैलाइहाल्नु पर्दछ। भारत र चीनमा अत्यावश्यक कामबाहेक नजान आग्रह पनि गर्नुपर्दछ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

यस संग सम्बन्धित

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

सत्ता साझेदार दलको बैठक बस्दै

१/२ दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री दाहाल

सर्वाधिक पढिएका

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.