काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् ।
महानगरपालिकाले थापाथलीको अनधिकृत संरचना हटाउन प्रयास गर्दै आएपनि सफलता हासिल गर्न नसकेको सन्दर्भमा शाहले गृहमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै साथ मागेका हुन् ।
महानगरपालिकाले गृह मन्त्रालयलाई एक बुधबार पत्र लेख्दै महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्ने जनाएको हो ।
‘
यस प्रति तपाइको धारणा के छ ?