पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६० रुपैयाँ ०४ पैसा छ ।यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ ।
यस प्रति तपाइको धारणा के छ ?