पोखरा ।
नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।
उनले १८ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धामा उत्रेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो ।
पाण्डे सभापति शेरबहादुर देउवा निकटका हुन् भने, इतर समूहका अर्यालले आफ्नै समूहका भनिएका सांसदको समेत मत पाउन सकेनन् ।
अर्याल निकट सांसदले १३ मत आकलन गरेका थिए । गण्डकीमा काङ्ग्रेसका २७ सांसद छन् ।
यस प्रति तपाइको धारणा के छ ?