काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट बाहिरिएका छन्।
साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट प्रचण्ड बाहिरिएका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ ।
प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए।दुई नेताबीच आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ।
भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलको शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ । मन्त्रालय भागबण्डाको विषयमा सामान्य छलफल भएपनि भोलिबाटै मात्रै औपचारिकता पाउने अपेक्षा गरिएको छ ।
यस प्रति तपाइको धारणा के छ ?