रूपन्देही ।
लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस १६ गते हुने भएको छ । प्रदेश मन्त्रीपरिषदको बुधबार बसेको बैठकले पुस १६ गते सांसदहरुलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।
यस्तै सरकारले पुस १५ गते दाङ देउखुरीमा गर्न लागेको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समीक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको हो।
यस प्रति तपाइको धारणा के छ ?