काठमाडौं ।
संघीय संसद्मा छैटौं दल जनता समाजवादी पार्टीले दलको नेता छान्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार भोलि बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरू हुनेछ । बिहान ११–१२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।
भोलि नै दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान गरी त्यसपछि परिणाम सार्वजनिक गर्ने जसपाको तयारी छ ।
यस प्रति तपाइको धारणा के छ ?