काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री दाहालसँगै ७ जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले शपथ खुवाएकी हुन् ।
शपथ ग्रहणमा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना लगायत प्रमुख दलका शीर्ष नेताहरु पुगेका थिए ।
शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि पुगेका थिए । एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपालसँगै बसेका थिए । पार्टी विभाजन भएसँगै उनीहरु सँगै देखिएका थिएनन् ।
निवर्तमान प्रधानमन्त्री देउवा शपथ ग्रहण नसकी बाहिरिएका थिए ।
यस प्रति तपाइको धारणा के छ ?