काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल अन्योलमा परेको छ ।
जसपाले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन । जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो नलागेको बताए ।
जसपामा अहिलेसम्म संसदीय दलको नेता पनि चयन भएको छैन । ‘संसदीय दलको नेता चयन नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ ती नेताले भने, ‘आज, भोलिसम्ममा संसदीय दलको नेता सहमतिमा टुंगो लगाउने प्रयास हुन्छ, नभए पर्सी दलको नेताका लागि चुनाव हुन्छ ।’
बानेश्वरमा चलिरहेको नयाँ सत्ता गठबन्धनको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव ढिलो पुगेका छन् । गठबन्धनको बैठकपछि जसपाको कार्यकारिणीसहित संसदीय दलको बैठक बस्ने बताइएको छ । सोही बैठकबाट सबै विषयको टुंगो लगाइने बताइएको छ ।
यस प्रति तपाइको धारणा के छ ?