पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएर पोखरा आएको बताएका छन् । सभापतिले दलभित्र छलफल गर्न आफूलाई नबोलाएको भन्दै गगनले त्यसबाट आफूलाई अपमानित महशुस गराएको बताए ।
पोखरामा जारी लिटरेचर फेष्टिभलमा बोल्दै उनले भने, ‘हिजोको घटना लुडोमा ९९ पछि नागमा परेर तल झरेको जस्तो भयो । नढाँटिकन भन्छु, १० बजे म पोखरा आउने क्रममा थिएँ । ६ बजेदेखि फोन खोलेर पूरा समय सभापतिको फोन कतिबेला आउँछ भनेर कुरेर बसें ।
म अहिले पार्टीको महामन्त्री पनि हो, संसदीय दलको सदस्य पनि हो । मैले समाचारमा मेरो सभापतिले पार्टीसँग छलफल गरेर गठबन्धनमा निर्णय गर्छु भनेको सुनें । त्यो पार्टीभित्र त म पनि पर्छु, अनिवार्य पर्छु । मलाई लागेको थियो म उतै छलफलमा हुनुपर्छ ।
उनले पार्टी कार्यालयमा छलफल नगरी निवासमा गरिएको र त्यहाँ पनि आफुलाई नबोलाइएको गुनासो गरे । ‘त्यो पार्टी कार्यालयमा भएको छलफल होइन, निवासमा भएको थियो । घरमा नबोलाइ जाने कुरा पनि भएन । म यहाँ चाहिँ अपमानित भएर आएको हुँ,’ गगनले थपे, ‘हिजोको घटनापछि पहिलो कुरा गर्न पाएको छु, हारजीत प्रकरण हो, सकियो । कांग्रेस फेरि उठ्छ, उठाइन्छ ।’ आफु कांग्रेसलाई सवल बनाउनका लागि चिन्तनमा लागेको उनले सुनाए ।
यस प्रति तपाइको धारणा के छ ?