पोखरा ।
संघीय सरकार निर्माणमा नयाँ गठबन्धन बनेसगैं गण्डकीको ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुग्ने निश्चित भएको छ । सरकारमा नेतृत्व गर्ने तयारी अवस्थामा रहेका कांग्रेस नेतृत्व सत्ता समकरण परिर्वतन सगै प्रतिपक्षमा पुगेको हो ।
गण्डकी प्रदेशमा कांग्रेस सबै भन्दा बढि २७ सिट सहित पहिलो दल छ । नयाँ समिकरणसगै कांग्रेस वाहेकको गण्डकीमा सरकार बन्ने भएको छ । नेकपा एमाले सहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी मिल्दा गण्डकीमा झिनो बहुमतको सरकार बन्छ ।
एमालेसंग २२, माओवादीसंग ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीसंग २ सिट छ । नेकपा एकिकृत समाजवादी (एस) भने सत्तामा जाने नजाने निर्णयमा पुगेको छ । मनाङ २ बाट स्वातन्त्र निर्वाचित सांसद राजिव गुरुङ (दिपक मनाङे) केही समय पहिला नेकपा एसमा प्रवेश गरेका थिए ।
यस प्रति तपाइको धारणा के छ ?