काठमाडौं ।
अब बन्ने नयाँ सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । दुवै नेताले प्रधानमन्त्रीको पहिलो कार्यकाल आफूले पाउने दाबी गरिरहेका छन् ।
कांग्रेस संसदको सबैभन्दा ठूलो दलभएकाले प्रधानमन्त्री पाउनुपर्ने देउवाको दाबी छ । भने यसअघिको सहमति अनुसार आफूले प्रधानमन्त्री पाउनु पर्ने प्रचण्डको दाबी छ । यता माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने संकेत गरेको छ । आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिए गठबन्धन छाडेर प्रतिपक्षमा बस्ने निष्कर्ष निकालेको हो ।
यस्तै माओवादीका युवा नेता रामप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नपाए प्रतिपक्ष बस्ने बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘विषयलाई सहज बनाऔँ। पूर्वसहमतिअनुसार गठबन्धनले सरकारको नेतृत्व दिन्छ गरौँ । नत्र राष्ट्रपति ले दिएको समय सीमा कटे संविधानतः देउवा प्रम हुन्छन् । उनले चाहेको पनि यही हो । देउवाले गठबन्धन छोडेको हुन्छ ।’
यस प्रति तपाइको धारणा के छ ?