Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए रञ्जित गजमेरले

केन्द्र खबर केन्द्र खबर
विचार/ब्लग, समाज
२०७९ पुस ९ १८:५८
२५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए रञ्जित गजमेरले
ShareTweetPin

पोखरा ।

नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन्।

दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ।

गजमेर विशेष कार्यक्रम ‘गीत रञ्जित’मा उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उनले हम दोनो दो प्रेमी दुनिया छोड चले, मोहनी लाग्ला है जस्ता चर्चित गीतको धुन मादलमा घन्काए । वर्षौंपछि नेपाली स्रोतामाझ मादल बजाउने क्रममा उनका आँखासमेत रसाएका थिए।

नेपाल लिटरेचर फेस्टिभलको बहानामा वर्षौंपछि पोखरा आउने मौका पाएँकोमा एकदम धेरै खुसी लागेको बताउँदै उनले भने, ‘धेरै वर्षपछि यसरी नेपाली बोल्ने मौका पाए । कत्ति वर्षदेखि नेपाली बोल्ने यस्तो मौका पाएको थिइनँ। बम्बैमा त घरबाट निस्केपछि अंग्रेजी बोल्नुपर्यो कि मराठी बोल्नुपर्यो। कि गुजराती कि हिन्दी बोल्नुपर्यो।’

गजमेरको यो सेसन उनका चर्चित गीतहरुको सन्दर्भ वरिपरि केन्द्रित रह्यो। र, ती गीतहरु स्टेजमा गायक उज्वल सागरले गाए पनि।
एकसेएक उत्कृष्ट गीतका संगीतकार रञ्जितले आफ्नो कुनै एक मात्र नेपाली गीत छान्नु पर्यो भने छान्ने गीत हो, झझल्को लिएर आएछ सावन ।

आशा भोसलेको स्वरमा सजिएको यो गीतको सन्दर्भ बताउँदै गजमेरले भने, नेपाली पिक्चरमा नेपाली गायिकाले नै गायो भने राम्रो हुन्छ भन्ने कुरा आयो । तुलसी घिमिरे, मेरो श्रीमती र मैले सोच्दाखेरी काठमाडौंबाट तारादेवी वा दार्जिलिंगबाट अरुणा लामालाई बोलाउनु पर्यो । उहाँहरुको प्लेन खर्च, होटल यो सबै हाम्रो बजेटले भ्याएन,’ उनले भने, ‘मेरो श्रीमतीले एक पल्टलाई आशा भोसलेलाई भनम् भनिन् । आरडी बर्मनलाई यो कुरा भन्दा आफैं आशालाई भन भन्नुभयो। मैले आशा दिदीलाई भन्दा दिदी एकदम खुसी भयो।’
बाँसुरी फिल्मकै मिर्मिरे साँझमा सिमसिमे पानी गीत पनि त्यो गीतसँगै रेकर्ड भएको उनले बताए। उनले खर्च जोगाउन दुबै गीत एकै दिन रेकर्ड गरिएको जानकारी दिए।

मिर्मिरे साँझ उदित उदितनारायण झाको पहिलो गीत भएको पनि उनले बताए। उनले भने, ‘उहाँले मुम्बईमा माइक समातेर गाएको पहिलो गीत पनि यही हो।’

नेपाली गीतको चर्चाको सिलसिलामा हम दोनो दो प्रेमी गीतको चर्चा पनि आइहाल्यो ।

उनले आफ्ना गुरुजी अर्थात् बोस आरडी बर्मनले नेपाली शैलीको गाना मागेपछि यही गीतको धुन मादल बजाएर सुनाएको स्मरण गरे। उनले भने, यो गीत रेलमा छायांकन हुन्छ। गीतमा मादल मादल तिमी मात्र बजाउनू अरु रिदम चाहिन्न । गितार हुन्छ अनि अनि रेलको छुकछुक आवाज पनि चाहिन्छ।’

रेलको छुकछुक आवाजको कथा पनि भनिहाले, ‘हामी रंग लगाउँदा साइन पेपर लाउँछौं नि त्यो साइन पेपर च्यातेर मेरो एक साथीलाई छिकछिक गर्ने आवाज निकाल्न लगाइयो । मनोहरि सिंह दाइले बाँसुरी बजाउनुभयो। लता मंगेशकर र किशोरकुमारले गाएको गीतमा जितन अमान र राजेश खन्नाले अभिनय गरे । हिन्दीपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री ? को पालो आयो।
बाँसुदेव फिल्मका निर्देशक तथा पटकथाकार नीर शाहले यो गीतको प्रस्ताव गर्दा मैले भनेको थिएँ, ‘मैले महाकवि देवकोटाको कवितामा ट्युन गर्ने? घर आएर श्रीमतीसँग कुरा गरेपछि उनले यो त तपाईंको लागि चुनौती हो भनिन् । चुनौती लिनैपर्छ । गर्नैपर्छ ।’

मुम्बईमा ट्युन बनाएर मात्र गीत लेखिने तर पहिल्यै लेखिएको देवकोटाको कवितामा संगीत भर्न गाह्रो लागेको उनको भनाइ थियो।
‘पहिला छन्द मिलाउनुपर्छ हामीले । छन्द मिलाउने क्रममा यो तालमा हुन्छ कि, अर्को तालमा हुन्छ नमिलेर सात मात्रामा गरौं न त भनेर त्यसपछि मैले प्रयास गरेँ । ट्युन हाम्रो भूपाली रागजस्तो होस्, नेपाल टच या पहाडी राग होस् भनेर हाम्रो भूपाली रागमा गर्यौं।’

कार्यक्रम सञ्चालक सिर्जना पोखरेलले रञ्जितकी दिवंगत पत्नी कुसुम गजरेलमा समर्पित गर्दै कार्यक्रम सुरु गरेकी थिइन्। कुराकानीका क्रममा गजमेरले कुसुमलाई स्मरण गर्दै आफ्नो संगीत यात्रा यहाँसम्म आइपुग्नुमा उनको ठूलो हात रहेको बताए।

उनले भने, ‘जति पनि काम गरेँ अहिलेसम्म, जति पनि नाम भयो मेरो रञ्जित गजमेरले गरेको होइन । ममा भगवानको आशीर्वाद थियो र दार्जिलिंगदेखि काठमाडौं र काठमाडौंदेखि बम्बईसम्म गएर उहाँको आशीर्वादले भएको हो। र, यसको सम्पूर्ण श्रेय मेरी श्रीमतीलाई दिन्छु । भए हुन्छ नभए फेरि फर्कौंला । उनको जोडले हामी बम्बै पुगेको हो । मेरी श्रीमती र भगवान पशुपतिनाथ र तपाईंहरु सम्पूर्ण नेपाली जनताले जो प्यार, माया दिनुभयो । त्यो नै सबैभन्दा ठूलो कुरा हो मेरो लागि।’

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको अन्तिम दिन आज कस्तो छ विदेशी विनिमयदर ? (सूचिसहित)

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

यस संग सम्बन्धित

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

गण्डकीः ६ महिनामा १२५ महिला र ५४ बालबालिकामाथि हिंसा, महिलामाथि घरेलु हिंसा बढ्दो

जबरजस्ती देह व्यापारमा लगाइएका १० युवतीको उद्धार

काठमाडौंको फोहोर बोकेर गएको टिपरलाई बन्चरे डाँडामा स्थानीयले रोके

जेठ १ देखि फेरि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

सर्वाधिक पढिएका

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको अन्तिम दिन आज कस्तो छ विदेशी विनिमयदर ? (सूचिसहित)

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.