Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा –१५ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिए

केन्द्र खबर केन्द्र खबर
समाचार
२०७९ पुस ९ ११:१६
पोखरा –१५ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिए
ShareTweetPin

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा आई एन.एफ नेपालको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिएका छन् ।

अस्पतालको पहुँचबाट टाढा रहेका अति विपन्न तथा गरिब व्यक्तिहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा उक्त सङ्ख्याका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् ।

शिविरमा हाड जोर्नी तथा नशा, छाला र अन्य जनरल रोगका बिरामीहरूको स्वास्थ्य चेक जाँच पश्चात् औषधि वितरण गरिएको थियो। चिकित्सकहरू सन्दीप बराल, प्रकाश कार्की र सुरक्षा बरालले बिरामीको चेक जाँच गरेका थिए। शिविरमा ६ वर्षदेखि देखि ९० वर्ष सम्मका महिला पुरुषहरूले सेवा लिएका थिए ।

 

शिविरको समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले आई.एन.एफ नेपालले १ दिने शिविर राखेर वडावासी २६६ जना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेकोमा शिविरमा खटिएका चिकित्सक लगायतको टोली प्रति आभार प्रकट गरे । उनले वडा नं १५ को ५ वर्षे विकास र परिवर्तनको रणनीति अनुरूप पूर्वाधारलाई मात्रै विकास नभनी पूर्वाधारलाई एउटा विकासको पाटो बनाएर स्वास्थ्य, शिक्षा, खेलकुद र स्वरोजगारलाई प्रमुख एजेन्डा बनाएर अगाडि बढेको बताए ।

बानियाँले वडाका नागरिकको स्वास्थ्यप्रति सचेत र गम्भीर रहेको भन्दै यस कार्यलाई अझ सशक्त ढङ्गले अगाडि बढाउन सहयात्रीको भूमिका निर्वाह गरेकोमा आई एन.एफ नेपालप्रति गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले यस संस्थाले विगतदेखि आजको दिनसम्म प्राविधिक, भौतिक र आर्थिक रूपमा सहयोग गर्दै आइरहेकोमा वडा नं १५ वासीहरूको तर्फबाट धन्यवाद दिँदै यस संस्थाले देखेको सपनालाई साकार बनाउन आफूहरू सहयोग गर्न तयार रहेको बताए ।

 

वडा सदस्य आशिष भण्डारीले आजको निःशुल्क स्वास्थ्य शिविरमा वडाका नागरिकको उल्लेखनीय सहभागिता रहेको भन्दै नागरिकको स्वास्थ्यलाई नै प्राथमिकता दिँदै वडाले छिट्टै वृहत् खेलकुद महोत्सवको आयोजना गर्न लागेको बताए ।

 

आई एन.एफको तर्फबाट बोल्दै प्रशासन अधिकारी दिवस कुँवरले वडामा रहेर आफ्ना सेवा नागरिकमा प्रवाह गर्न पाएकोमा खुसी लागेको बताए। उनले कोभिडको समयमा पनि विभिन्न थरिका सामानहरू वितरण गरेको स्मरण गर्दै सहयोगलाई निरन्तरता दिन इच्छुक रहेको बताए ।

अमरसिंह उच्च मावि र कालिका उच्च माविका पूर्व प्राध्यापक, रेडक्रस नेपालका पूर्व केन्द्रीय सदस्य तथा वडा नं १५ का समाजसेवी महेश गुरुङले वडाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा खुसी व्यक्त गरे। उनले गत हप्ता मात्रै वडाले वृद्ध वृद्धाहरूलाई विभिन्न स्थलहरूको भ्रमण गराएकोमा धन्यवाद दिँदै पछिल्लो समय वडाले देखाएको सक्रियता सकारात्मक कार्यको उदाहरण भएको बताए ।

 

पश्चिम घर भई हाल पोखरा बन क्याम्पसमा अध्ययनरत दीपेन्द्र साउद हाड जोर्नीको समस्या लिएर आएकोमा चिकित्सकले राम्रोसँग चेक जाँच गरी औषधी दिएर पठाएको बताए । उनले आफूहरू जस्तै टाढा– टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अस्पताल र वडालाई धन्यवाद दिए ।

केही महिना अघिदेखि घुँडा दुखे पनि आर्थिक अभावका कारण औषधोपचार गर्न नसकेकी पोखरा गैरी गाउँकी ६६ वर्षीया लक्ष्मी परियार वडामा निःशुल्क उपचार गर्न पाइन्छ भनेर आएको बताइन् । “डाक्टर बाबुले हेरे, औषधी पनि लेखेर दिएका छन्। अब सन्चो होला ।“ उज्यालो मुख लगाउँदै उनले भनिन्।

यस्तै पोखरा नयाँ गाउँ नागबेली टोलका वृद्ध कमल प्रसाद सुवेदीले टाउकोमा चिलाउने समस्या लिएर आएको र डाक्टरले चेक जाँच गरेर औषधी दिएको भन्दै वडाले यस्ता कार्यक्रमको आयोजना गरेकोमा सबैलाई फाइदा पुगेको भन्दै खुसी व्यक्त गरे ।

१ दिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य उपकेन्द्रका कृष्ण वास्तोला, सचिव विष्णु प्रसाद लामिछाने, वडा सदस्य बलराम पौडेल र सेतीमाया गुरुङले उपचार गर्न आएका वृद्ध वृद्धाहरूका लागि व्यवस्थापन र सहजीकरण गरेका थिए ।

आई एन.एफ नेपालको एक दर्जन टोलीले शिविरमा खटिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

यस संग सम्बन्धित

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

काठमाडौंको फोहोर बोकेर गएको टिपरलाई बन्चरे डाँडामा स्थानीयले रोके

जेठ १ देखि फेरि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालमा हुने एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

सर्वाधिक पढिएका

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.