काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ ।
शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा पहिलो जितको खोजीमा रहेको छ ।
नेपाल पहिलो खेलमा सोझो सेटमा पराजित भएको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो साबित गर्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले आजको खेलमा जित निकाल्ने लक्ष्य भएको बताए ।
यस प्रति तपाइको धारणा के छ ?