काठमाडौं ।
भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । उनको आइसियूमा राखि उपचार भइरहेको बताइएको छ । बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन ।
उनको अवस्था नराम्रोसँग बिग्रिएको बताइएको । सञ्चारकर्मी कमल सरगमले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।
एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गाएका छन् । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा छाएका थिए । राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका परियार केही समय हास्य श्रृखला ‘मेरी बास्सै’ पनि छाएका थिए ।
यस प्रति तपाइको धारणा के छ ?