काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्पतालमा पुगेर भेटेका छन् ।
बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेपाललाई भेट्न लिङदेन हिजो (बुधबार) त्यहाँ पुगेका हुन् । हिजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
यसैबीच नेकपा एसका सहमहामन्त्री गंगारत्न तुलाधरले अध्यक्ष नेपालको स्वास्थ्य सुधारोन्मुख भएको पनि जानकारी दिएका छन् ।
यस प्रति तपाइको धारणा के छ ?