काठमाडौं ।
दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् ।
सोमबार विहानसम्मको मतगण्ना अनुसार कार्कीले ३३ हजार ६ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत पाएका छन् । माओवादीका कार्की १८३ मतले अगाडि छन् ।
आइतबार राति १८ सय मतान्तरले पछाडि परेका शिवाकोटीले सोमबार विहानसम्म मतान्तर घटाएर १८३ पुर्याएका छन् । शुक्रबारदेखि सुरु भएको मतगणनामा कार्कीले अग्रता लिएका थिए ।
तर शनिबार रातिदेखि एमाले उम्मेदवार शिवाकोटी अगाडि लागे । आइतबार अपरान्हतिर कार्कीले शिवाकोटीलाई उछिने । सोमबार विहानसम्म कार्कीको अग्रता कायम छ ।
यस प्रति तपाइको धारणा के छ ?