पोखरा ।
निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रममा अब सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विभिन्न विकल्पमा बहस हुन थालेका छन् । कुनैपनि दलको स्पष्ट बहुमत नल्याएकाले संसदमा बहुमत पु¥याउन दलहरुका बीचमा समिकरण बनाउनु अनिवार्य बाध्यता छ । यही बाध्यतालाई दलहरुले अबसरको रुपमा उपयोग गर्ने रणनीति बनाएका छन् ।
खासगरी बर्तमान सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेस र माओवादी केन्द्र गठबन्धनलाई कायम राख्ने कुरामा सहमत छन् । तर, दुबै दलले सरकारको नेतृत्व आफ्नै दलको हुनुपर्ने जिकिर गरिरहेका छन् । यही जिकिरलाई बलियो बनाउन नेकपा माओवादी केन्द्रले सबै विकल्प खुला रहेको सन्देश दियो ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले शनिबार माओवादी केन्द्रको बैठकले सत्ता सहकार्य गर्न सबै विकल्प खुला गरेको बताएसंगै आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेको कांग्रेस झस्कियो । उसले यसको कुटनीतिक प्रतिक्रिया जनाएको छ । उसले केही दिन अगाडि आफ्नो पार्टीका नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी ओलीसंग गरेको भेटलाई सत्ता साझेदारीको लागि छलफल गरेको सन्देश दिएको छ ।
उसले गठबन्धनलाई प्राथमिकता दिएको तर, फरकढंगले आफूहरुपनि अगाडि बढ्न सक्ने सन्देश बालुवाटरबाटै दिएपछि माओवादी केन्द्रले शनिबार गरेको भनिएको निर्णयबाट ब्याक भएको छ ।
उसले आइतबार पुन : सत्ता गठबन्धनलाई बलियो बनाउने निर्णय भएको भन्दै अघिल्लो दिन सार्वजनिक गरेको ‘विकल्प खुला’ राख्ने निर्णयबाट व्याक भएको छ । निर्वाचन परिणाम अनुसार पहिलो पार्टी बनेको कांग्रेस र तेस्रो पार्टीकै हैसियतमा रहेको माओवादी एक अर्कालाई गलाउँदै सरकारको नेतृत्व गर्ने ध्याउन्नमा छन् ।
यस प्रति तपाइको धारणा के छ ?