पोखरा ।
स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निस्चित भएको छ ।
गन्न बाँकी मत भन्दा मत अन्तर बढी भएसंगै उनको जित निस्चित भएको हो । अब ३ हजार १९९ मत गणना हुन बाँकी रहँदा धनराजले एमाले सचिव पद्मा अर्याललाई भन्दा ६ हजार ३८ मतले अगाडि छन् ।
गुरुङले ३० हजार ३१३ मत प्राप्त गर्दा आर्यालले २४ हजार २७५ मत प्राप्त गरेकी छन् । रास्वपाका टिकराज गुरुङले ७ हजार ८६८ मत ल्याएका छन् ।
यस प्रति तपाइको धारणा के छ ?