पूर्वमन्त्री सुवेदीको निधन

केन्द्रभाग मिडिया

रोल्पा ।
पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बनेका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री बनेका थिए।

२०२० सालदेखि राप्रपाबाट राजनीति सुरु गरेका सुवेदी सुवेदी अहिले भने नेपाली कांग्रेसमा सक्रिय थिए।

  • १८ माघ २०७८, मंगलवार १०:३५ प्रकाशित