नेपाल मोरिससबीचका दोस्रो खेल आजः नेपालको लक्ष्य आज पनि जित्ने

केन्द्रभाग मिडिया

 काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीले पश्चिम अफ्रिकी देश मोरिसससँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ ।पहिलो खेलमा नेपाल १–० ले विजयी भएको थियो । फिफा डे को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो ।

सुरुमा अनुशासनको कारबाही र त्यसपछि चोटका कारण दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका स्ट्राइकर विमल घर्तीमगरले निर्णायक गोल गरेपछि दशरथ रंगशालामा शनिबार नेपालले जित निकालेको थियो ।

दोस्रो खेल पनि आज पौने पाँच बजेदेखि दशरथ रंगशालामै हुनेछ । स्वास्थ्या सुरक्षा मापदण्ड पालना गरी क्षमताको एक दिहाई दर्शक राख्न सरकारले अनुमति दिएका कारण यो खेलमा पनि दर्शकको उपस्थिति हुनेछ ।

आजको खेल पनि जित्ने नेपालको लक्ष्य छ। किनभने फिफा वरीयतामा सुधारका लागि नेपालभन्दा ३ स्थान तलको टोलीलाई लगातार खेलमा हराउनैपर्ने हुन्छ ।

आजको दोस्रो खेलका लागि गोलकिपरमा किरणकुमार लिम्बु, बिशाल श्रेष्ठ, शत्रुघन चौधरी, डिफेन्डरमा गौतम श्रेष्ठ, दिनेष राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नवीन गुरुङ,मिडफिल्डरमा सुरज ज्यू ठकुरी, पुजन उपर्कोटी, सुमन लामा, तेज तामाङ, सुभाष गुरुङ, सुजल श्रेष्ठ, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ र फरवार्डमा अन्जन विष्ट, आशिष लामा, बिमल घर्ती मगर रहेका छन् ।

  • १८ माघ २०७८, मंगलवार ०९:४० प्रकाशित