फेवा तालको मापदण्ड मिचेर बनेको संरचना हटाउन मन्त्रीसहित पुग्यो महानगर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा १८ खपौदी स्थित फेवातालको किनारमा बनेको संरचना हटाउन पोखरा महानरपालिकाले निर्देशन दिएको छ । तालको मापदण्ड विपरीत अतिक्रमण गरि पर्खाल बने पछि महानगरले पर्खाल भत्काउन निर्देशन दिएको हो ।

गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्य सहित पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको टोली खपौदी पुगेको थियो । स्थानीय शिवकुमार वास्तोला र प्रेम भट्टराईले ताल किनारमा पार्कीङ स्थाल बनाउने भन्दै पर्खा लागाएका थिए ।

तालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि संरचना बनाउन महानगरले रोकेको छ । सोही मापदण्ड भित्र संरचना निर्माण भएकाले भत्काउन निर्देशन दिइएको महानगर उपप्रमुख गुरुङले बताईन् । मापदण्ड मिचेनर पर्खा लगाउने व्यक्तीलनभत्काएमा महानगरले बल प्रयोग गरेर भए पनि संरचना भत्काउने उनले बताइन् ।

गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिषरण आचार्यले ताल अतिक्रमण गर्ने कार्य स्विकार्य नहुने बताए । ताल संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको र सर्वोच्चको फैसला अनुसारको काम गर्न अझै २ वर्ष लाग्ने आचार्यले बताए ।

स्थानीय व्यवसायीले भने आफ्नो लालपुर्जा भएको अस्थाई संरसचना बनाउन पाउनुपर्ने बताएका छन् । व्यवसायी शिवकुमार वास्तोलाले सरकारले छिटो भन्दा छिटो मापदण्ड टुन्गो लगाउनुपर्ने पक्षमा आफुहरु रहेको बताए ।

यस पहिले पनि खपौदीमा स्थानीय व्यक्तीले पर्खाल निर्माण गरेका थिए । महानगरले उत्त पर्खाल भत्काए पनि पछि पुन पर्खाल ढडिएको छ ।

  • १७ माघ २०७८, सोमबार १७:५५ प्रकाशित