गण्डकी अपडेटः संक्रमित भन्दा निको हुने झण्डै दोब्बर, आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित बन्ने भन्दा झन्डै दोब्बर संक्रमित निको भएका छन् ।

४२७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९०० जना भने निको भएका छन् ।१३९३ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

अपडेट अनुसार एक संक्रमितको मृत्यु भएको छ। पोखरा महानगरपालिका १४ का ८६ वर्षीय संक्रमित पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३८ पुगेको छ ।

संक्रमित हुनेमा कास्कीका १२९, गोरखाका ९,मना–का १, मुस्ताङका २, म्याग्दीका ३४,लमजुङका ४३, तनहुँका ४३, नवलपरासीका १७, बागलुङका ५४,पर्वतका १६ र स्याङ्जाका ७९ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९९ हजार १४७ पुगेको छ भने निको हुनेको संख्या ९१ हजार ४५३ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ७७ हजार ७८२ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ६ हजार २५६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार १८८ जना होम आइसोलेसनमा रहेका छन् ।

  • १७ माघ २०७८, सोमबार १६:२२ प्रकाशित