आजदेखि कार्यालय फर्के महानगर प्रमुख मानबहादुर जिसी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमखु(मेयर) मानबहादुर जिसी आजदेखि कार्यालय फर्केका छन्।

मस्तिष्कघातको उपचार पछि वेड रेस्टमा रहेका जिसी आज देखि नियमित कार्यमा फर्केको जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
जिसी साउन १ गते एक्कासी बिरामी भएपछि उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा जिसीलाई मस्तिष्कघात भएको चिकित्सकले बताएका थिए।

उनको दाहिने मस्तिष्कको नसा ब्लक भएको र सोही कारण उनको शरीरको देब्रे पाखो नचल्ने समस्या देखिएको थियो । त्यसपश्चात उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको न्युरो अस्पताल लगिएको थियो ।

मस्तिष्कघातका कारण उपचाररत जिसी उपचारको ५१ औँ दिन आज अस्पतालबाट डिस्चार्ज भएका थिए ।

  • १७ माघ २०७८, सोमबार १५:४० प्रकाशित