प्रदेश १ : गठबन्धनलाई भाग पुर्‍याउन यी मन्त्रालय फुटाउँदै

केन्द्रभाग मिडिया

प्रदेश १ मा गठबन्धलाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने निर्णय भएको छ । पाँच दलीय गठबन्धनलाई भाग मिलाउन मन्त्रालय फुटाएर १२ पुर्‍याउने भएको हो ।

आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै मन्त्रालय फुटाएर प्रदेशमा मन्त्रालय संख्या सातबाट १२ पुग्ने पक्का भएको छ।

तर मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन्। मन्त्रिपरिषद् बैठकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सार्वजनिक गरे पनि मन्त्रालय फुटाउने निर्णय लुकाएका थिए।

मन्त्रिपरिषद्ले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने निर्णय लिएको हो।

मन्त्रालय फुटाएसँगै अबको केही दिनमै मन्त्रिपरिषद् विस्तार तयारी गरिएको छ। मुख्यमन्त्री राजेन्द्र राईले अब मन्त्रिपरिषद् विस्तार तयारी गरेका हुन्।

पाँच दलीय गठबन्धनमा धेरै आकांक्षी भएकाले भागवण्डा मिलाउन उनले हाल रहेका सातमध्ये केही मन्त्रालय फुटाएर १२ पुर्‍याएका हुन्।

  • १७ माघ २०७८, सोमबार १४:३२ प्रकाशित