अनलाइन जुवा‘बिङ्गो’ खेल्ने र खेलाउने म्यानेजरसहित ७४ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
अनलाइनमा जुवा ‘बिङ्गो’खेल्ने र खेलाउने म्यानेजरसहित ७४ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित एक रेष्टुरेण्टमा प्रहरीले छापा मार्दा उनीहरुलाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर पनि छन भने मुख्य सञ्चालक फरार रहेको बताइएको छ।

काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर रहेको बताइन्छ ।

कोभिड–१९ प्रोटोकल वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिई जुवा खेलाइएको थियो । बिङ्गो खेल्नुअघि १५ वटा नम्बर भएको टिकट काट्नुपर्छ । बिजेतालाई खेलाउने व्यक्तिले निश्चित रकम पुरस्कार दिन्छन् ।

बिजेताले कति पुरस्कार पाउँछन् भन्ने पहिले नै तोकिएको हुन्छ । बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

  • १७ माघ २०७८, सोमबार १३:५४ प्रकाशित