आलटाल नगरी एमसीसी पारित गरौँ : बाबुराम भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धन एमसीसीकै कारण टुट्न सक्ने भन्दै सर्वत्र चासो भइरकहेको बेला जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पारित गर्नुपर्नेमा जोड दिदै ट्विट गरेका छन् ।

उनले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ुएमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं १ सबै एकमुख भएर जनतालाई बुझाऊ १ु एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा जोड दिए ।

‘यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाटीको हाड नबनोस् १ देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् १ शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ,’ उनले लेखेको छन् ।

  • १७ माघ २०७८, सोमबार ०९:४८ प्रकाशित