कर्णाली सरकार विस्तारमा सकसः मन्त्रीका लागि हानथाप (यी हुन् आकांक्षी)

केन्द्रभाग मिडिया

सुर्खेत ।

कर्णाली प्रदेशले अझै सरकार विस्तार गर्न सकेको छैन । मन्त्रीका लागि धेरै आकांक्षी भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार विस्तार गर्न सकेका छैनन् ।

सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रभित्रै कसलाई मन्त्री बनाउने भन्ने हानथाप रहेको छ ।माओवादीबाट रुकुमपश्चिमका रातो कामी, जाजरकोटका कृष्णा शाह, गणेशबहादुर सिंह, डोल्पाका वीरबहादुर शाही, सुर्खेतका ठम्मर विष्टलगायत मन्त्रीका आकांक्षी हुन् । उनीहरुले मन्त्री बन्नका लागि लबिङ तीव्र पारेका छन् ।

डोल्पाका सांसद वीरबहादुर शाहीले आफूलाई मन्त्री नबनाए ठूलो समूहसहित पार्टी पारित्यान गर्ने भन्दै काठमाडौंमा भेटघाट अभियानसमेत चलाएका छन् ।

माओवादी केन्द्रले चार मन्त्रालय मागेपछि यस प्रदेशमा गठबन्धनबीच भागबण्डा मिल्न सकेको छैन ।कांग्रेसबाट दैलेखका हिमबहादुर शाही मन्त्री बन्ने करिब निश्चित भएको बताइएको छ । समाजवादीबाट चन्द्रबहादुर शाही यसअघि नै मन्त्री भइसकेका छन् । बाँकी देवी वलीले र पदम रोकाया अबको सूचीमा छन् ।

  • १६ माघ २०७८, आईतवार १४:४० प्रकाशित