आजका लागि बोलाइएको संसद्‍ बैठक फेरि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजका लागि बोलाइएको संसद बैठक अचानक स्थगित भएको छ ।

कोरोना जोखिमको कारण देखाउँदै आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको भएको हो । १० दिन पर सारिएको बैठक अब माघ २६ गते बस्नेछ ।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • १६ माघ २०७८, आईतवार ०९:०२ प्रकाशित