यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहान) पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागमा हुसु र कुहिरो लागेको छ ।

दिउँसो स् प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना  छ ।

 

  • १६ माघ २०७८, आईतवार ०६:२१ प्रकाशित