पोखरा ।
धेरै जसो सरकारी कार्यालयलाई सजाउन फुल रोपेको देख्न पाइछ । मौसम अनुसारका फुल र विरुवा लगाउने पुरानै चलन पनि हो । तर जिल्ला प्रशासन कार्यालय कास्कीको परिषरमा तरकारी खेती मौलाएको छ ।
काउली, बन्दा, केराउ, सागले कार्यालय प्रवेश गर्नेलाई फरक अनुभूती दिएको छ । ३ महिना पहिले जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कार्यालय परिषरमा तरकारी खेती गर्ने कामको सुरुवात गरेका हुन् ।
तरकारी खेतीको गोडमेल र संरक्षणमा विशेष भूमिका भने कार्यालय सहयोग शिवप्रसाद कोइरालाले गदै आएका छन् ।
हेरौँ यो भिडियो