नग्न तस्बिर पब्लिस गरिदिने भन्दै ब्याकमेल गर्ने कास्की रुपाका मुक्तिनाथ खनाल पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

पोखरा ।

सामाजिक सञ्जाल फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाई निकटता बधाई ब्ल्याकमेल गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की जिल्ला रुपा गाउँपालिका ७ का ३१ वर्षीय मुक्तिनाथ खनाल रहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ ।

उनले फेसबुकमार्फत ललाइफकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको नग्न तस्बिर र भिडियो लिएपछि सार्वजनिक गरी दिने भनि धम्की दिदैँ आएको ब्युरोले जनाएको छ ।

उनलाई शुक्रबार वैदेशिक रोजगारबाट फर्कने क्रममा महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ललाइफकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको लिएको नग्न तस्बिर र भिडियो सार्वजनिक गरी दिने भनि धम्की दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनलाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

  • १४ माघ २०७८, शुक्रबार १७:०२ प्रकाशित