पछिल्लो २४ घण्टामा देशैभर १० संक्रमितको मृत्युः थपिए ६८२७ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १० संक्रमितको ज्यान गएको छ ।

देशैभरका अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेका मध्येका संक्रमित मध्ये सो संख्यामा संक्रमितले ज्यान गुमाएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको जनाएको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या पनि कम रहेको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या हालसम्म पीसीआर विधिबाट भएको परीक्षण्मा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४ हजार ८५८ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको हुँदा कुल ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • १४ माघ २०७८, शुक्रबार १६:२० प्रकाशित