गण्डकी अपडेटः आज संक्रमित भन्दा निको हुने धेरै (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो तथ्यांक अनुसार संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा ६२६ जना निको हुदाँ ५१६ जनामा संक्रमण पुष्टि भएको छ।

९७८ जनाको परीक्षण गर्दा १० का गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।यस्तै पछिल्लो अपडेट अनुसार गण्डकीमा १ संक्रमितको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा नवलपरासी पूर्व जिल्ला कावासोती नगरपालिका २ का ४६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ। यो सँगै प्रदेशमा संकमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३६ पुगेको छ।

संक्रमित हुनेमा कास्कीका २०७, गोरखाका २०, मुस्ताङका १, म्याग्दीका २६,लमजुङका ५२, तनहुँका ४४, नवलपरासीका ४५, बागलुङका ५५,पर्वतका ३ र स्याङ्जाका ६३ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९७ हजार ९१७ पुगेको छ भने निको हुनेको संख्या ८९ हजार २२४ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ७४ हजार ९१७ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा ७ हजार २५७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ हजार १७३ जना होम आइसोलेसनमा रहेका छन् ।

  • १४ माघ २०७८, शुक्रबार १५:२५ प्रकाशित