पाँच दलीय गठबन्धनको बैठक भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहको निर्वाचन समयमै गर्न चौतर्फी दबाब आएपछि गठबन्धनको बैठक भोलि शनिबार बस्ने भएको छ ।

निर्वाचनबारे गठबन्धनभित्र फरकफरक मत रहँदा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बस्ने भएको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचनले सरकारलाई सिफारिस गरिसकेको छ । आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो नदेखाएपछि विभिन्न आशंकासहितको टिकाटिप्पणी हुँदै आएको छ ।

प्रधानमन्त्री देउवा बैशाखमै चुनाव गर्न चाहे पनि गठबन्धनका अन्य नेताले त्यो नचाहादाँ देउवा अप्ठेरोमा परेको बताइन्छ । देउवालाई गठबन्धनलाई मिलाएर अगाडि जानुपर्ने बाध्यता पनि छ ।

गठबन्धनका केही घटकले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्न सरकारलाई दबाब दिएको चर्चा पनि चल्दै आएको छ ।

  • १४ माघ २०७८, शुक्रबार १५:०० प्रकाशित