जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको ज्यान गएको छ ।
सिरियाबाट भित्रिएका लागुऔषध तस्करलाई पक्राउ गर्न सेनाले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारी हिमपात भइरहेका बेलामा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको जोर्डनको सुरक्षा निकायले विज्ञप्ति निकालेर जनाएको छ ।
घटनापछि ठूलो मात्रामा लागुऔषध फेला पारेको सेनाको दाबी छ ।