को -को पर्लान कांग्रेसको कार्यसम्पादन समितिमा ? सम्भावित नामावलीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति जम्बो भएपछि सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दैछन् ।

अपरान्ह ३ बजेपछि भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एकमात्रै एजेण्डा रहेको बताइएको छ ।केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।

कांग्रेस विधानको दफा २३ मा केन्द्रीय कार्यसम्पादन समिति सम्बन्धी व्यवस्था रहेको छ । कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सह(महामन्त्री पदेन सदस्यका रूपमा रहनेछन् । त्यस्तै केन्द्रीय सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ जना कार्यसम्पादन समितिमा रहनेछन् । त्यसबाहेक केन्द्रीय कार्यसमितिको प्रवक्ता पनि स्वतः कार्यसम्पादन समितिको सदस्य रहनेछन् ।

१४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको दुई महिनामा सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने भएकाले कार्यसम्पादन समिति गठनलाई देउवाले प्राथमिकता दिएका हुन् ।

कांग्रेसमा अहिले १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित भएका छन् भने कोषाध्यक्ष मनोनित हुन बाँकी छ । त्यस्तै प्रवक्ता पद पनि रिक्त छ । कांग्रेस संसदीय दलको नेता सभापति देउवा स्वयम् नै भएकाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।
विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ ।

अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढी मत पाउने स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डाक्टर शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् ।

सम्भावित केन्द्रीय कार्यसम्पादन समिति
सभापति -शेरबहादुर देउवा

वरिष्ठ नेता- रामचन्द्र पौडेल

उपसभापति-पूर्णबहादुर खड्का

उपसभापति -धनराज गुरुङ

महामन्त्री-गगन थापा

महामन्त्री-विश्वप्रकाश शर्मा

 सहमहामन्त्री-फरमुल्लाह मन्सुर

सहमहामन्त्री-भीष्मराज आङदाम्बे

 सहमहामन्त्री-उमाकान्त चौधरी

सहमहामन्त्री-महेन्द्र यादव

सहमहामन्त्री-महालक्ष्मी उपाध्याय डिना

सहमहामन्त्री-किशोरसिंह राठौंर

 सहमहामन्त्री-बद्री पाण्डे

सहमहामन्त्री-जीवन परियार

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

कृष्णप्रसाद सिटौला

डा।शशांक कोइराला

चित्रलेखा यादव

डा। रामशरण महत

अर्जुननरसिंह केसी

डा. प्रकाशशरण महत

सुनिलबहादुर थापा

डा. शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

रमेश रिजाल

डा.नारायण खड्का

जीपछिरिङ लामा

पद्मनारायण चौधरी

सुजाता कोइराला

दिलेन्द्रप्रसाद बडु

एनपी साउद

अम्बिका बस्नेत

पुष्पा भुसाल

  • १४ माघ २०७८, शुक्रबार १३:३६ प्रकाशित