आज अमेरिकी डलरको भाउ बढ्योः यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले कायम गरेको मुद्रादर अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र विक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा थियो ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ७१ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ ।कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • १४ माघ २०७८, शुक्रबार १०:१३ प्रकाशित