बारको आन्दोलनबीच प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज न्याय सेवा आयोगको बैठक बस्दैँछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको असहमतिबीच नै बैठक आह्वान गरेका हुन् ।

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लगातार आन्दोलन गरिरहेको छ । आन्दोलनकै बीच जबराले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडू कोरोना संक्रमणपछि आइसोलेसनमा छन् ।

  • १४ माघ २०७८, शुक्रबार ०९:४४ प्रकाशित