काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैँ:यस्तो छ एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । आजको बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा छ ।

सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् । अहिले काँग्रेसमा १३ जना पदाधिकारी छन् ।

कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्न बाँकी छ । यस्तै संसदीय दलको नेता सभापति देउवा नै भएकाले काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुने छ। सभापति देउवाले केही सदस्य पछि थप्ने गरी आज कार्यसम्पादन समिति गठन गर्न लागेको हुन् ।

यो समितिको बैठक प्रत्येक महिनामा एक पटक बस्नुपर्ने विधानमा व्यवस्था छ ।

  • १४ माघ २०७८, शुक्रबार ०९:०५ प्रकाशित